समाचार

चट्याङ लागेर एकको मृत्यु, एक घाइते



दैलेख, १३ भदौ । चट्याङ लागेर फेरि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन् ।

यस्तै उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ । बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो । कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।