सप्तरीमा बँदेल मारेको आरोपमा गए राति प्रहरीले पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी)सहित १० जनालाई पक्राउ गरेको छ ।
सप्तरीको भारदह क्षेत्रमा बँदेल मारेको आरोपमा जिल्ला प्रहरी कार्यालयको टोलीले पूर्वडीआईजी ज्ञानविक्रम शाह, बहालवाला प्रहरी नायब निरीक्षक सञ्जय न्यौपानेसहित १० जनालाई नियन्त्रणमा लिएको हो । खेतमा स्थानीयले बँदेल मारेको र त्यहीँनजिक पूर्वडीआईजी पनि भेटिएका कारण सोधपुछका निम्ति नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेल बताए । “पक्राउ नै गरिएको भन्ने होइन । तर, बँदेल मारेको स्थाननजिकै उहाँ पनि भेटिएका कारण बुझ्न मात्रै ल्याएका हौँ,” डीआईजी पोखरेलले भने ।
प्रतिक्रिया दिनुहोस्