काठमाडौँ, १३ भदौ । वैदेशिक रोजगारमा विभिन्न देशमा पठाउने नाममा ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर घर भएका ४२ वर्षीय शशी लामा, कास्की घर भएकी ३२ वर्षीया रोशनी विश्वकर्मा र सिन्धुली घर भएका २५ वर्षीय गणेश बहादुर श्रेष्ठ छन् । उनीहरुले क्रोएसिया र दुबई पठाउने नाममा ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
काठमाडौँको माकलबारी बस्दै आएका शशी लामाले ३ लाख ६५ हजार ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । रोशनीले १ लाख र गणेश बहादुर श्रेष्ठले २ लाख ठगी गरेको एसपी आचार्यले जानकारी दिए । प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कारवाहीका लागी वैदेशिक रोजगार विभागमा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्