काठमाडौँ, १४ भदौ । बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादको मृत्यु भएको हो ।
गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्