अर्थ

परिसूचक नेप्से ५३ अंकले घट्यो



काठमाडौँ, १६ भदौ । आज सेयर बजार परिसूचक नेप्सेमा भारी गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ५३.६३ अंकले घट्दै २ हजार ६९५.६३ को बिन्दुमा पुगेको हो । 

आज कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ ।यस दिन कारोबार पनि १० अर्ब ५१ कारोबार हाराहारीमा मात्रै सीमित भएको छ । 

यसदिन सुपर माइ हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने ८२ वटा कम्पनीको भाउ बढ्न पुग्यो । यस्तै २४१ कम्पनीका लगानीकर्ताले गुमाउन पुगे । यसदिन सबैभन्दा बढी पिपल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाउन पुगे ।