राजनीति

सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम



काठमाडौँ, २४ भदौ । सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन् । 

उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन। कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएकोले त्यसबाट घटाएर हरेक दिन १.३० देखि २ बजेसम्म कायम गरिएको छ। कार्यालयको खाजा समयबारे यदि यस नियमलाई उल्लंघन गरेको पाइएमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध छ ।’