राजनीति

सर्वोच्चको फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गर्‍यो : सांसद पन्त



काठमाडौँ, २४ भदौ । नेकपा एमालेका सांसद रघुजी पन्तले उपत्यका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने भन्ने सर्वोच्चको फैसलामा सहमत हुन नसकिने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकको विशेष समय बोल्दै उनले सर्वोच्चको उक्त फैसलाले ठुलो अन्योल र अराजकता उत्पन्न गरेको बताए । 

उनले भने, ‘भ्याकेटमा जान नेपाल सरकारले तत्काल पाइला चाल्नुपर्दछ‚ ‘यो फैसला गर्दा बागमती संस्कृतिप्रति सम्माननीय सर्वोच्च अदालतको ध्यान गएको पाइँदैन।’

सांसद पन्तले उपत्यकाको मन्दिर र चिहान नदी किनारमा भएको भन्दै बागमती संस्कृति जोगाउने गरी सर्वोच्च अदालतले गर्ने फैसला मात्र स्वीकार गर्न सकिने बताए ।