राजनीति

नेपाल विश्वविद्यालय विधेयक संघीय संसदबाट पारित



काठमाडौँ, २४ भदौ । नेपाल विश्वविद्यालय विधेयक संघीय संसदको दुवै सदनबाट पारित भएको छ ।

यो विधेयक तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले २० मंसिर २०७९ मा राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय सभाले १८ असार २०८० मा पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो ।

राष्ट्रिय सभाबाट पारित भएर आएका यो विधेयक सोमबार प्रतिनिधि सभाले पनि पारित गरेको हो । सोमबार प्रतिनिधि सभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । जसलाई सभाले बहुमतले पारित गरेको हो ।