काठमाडौँ, २५ भदौ । नेपाल पर्यटन बोर्डको सीईओमा दीपकराज जोशीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सीईओका अर्का दाबेदार धनञ्जय रेग्मीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् । प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि वियमविपरीत जोशीलाई नियुक्ति गरिएको भन्दै उनले बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेका छन् ।
बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्