राजनीति

कार्यालयमा बसेर सरकारी कर्मचारीले सेयर कारोबार गर्न नपाउने



काठमाडौँ, २५ भदौ । सिंहदरबारसहित देशभरका सरकारी कार्यालयमा बसेर कर्मचारीले अनलाइनमार्फत सेयर कारोबार गर्न नपाउने भएका छन् ।

कर्मचारीहरू दिनभर काम भन्दापनि सेयर कारोबारमा लागेको गुनासो आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रानुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय र कार्यालयहरूलाई पत्राचार गर्दै  नेप्से अनलाइन ट्रेडिङ सिस्टम (टीएमएस) नचलाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।