काठमाडौँ, २५ भदौ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा प्रजातन्त्र कमजोर भयो भने तानाशाही प्रवृत्ति हाबी हुने बताएका छन् ।
मंगलबार नेपाली कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा उनले प्रजातान्त्रिक समाजवाद नहुँदा तानाशाहहरु जन्मिने उनको भनाइ थियो । सभापति देउवाले बीपी कोइरालाले योगदानको चर्चा गर्दै सर्वज्ञानी र समय अनुसार परिवर्तन हुनसक्ने नेताका रूपमा चित्रण गरे ।
उनले भने, ‘प्रजातन्त्र कमजोर भयो भने त्यो तानाशाहवाद हुन्छ । प्रजातन्त्रलाई जोड्ने भनेको समाजवादले हो । त्यस कारण आजको सन्दर्भमा बीपी कोइरालाको समाजवादको सान्दर्भिकता छ । नेपालमा उहाँ जस्तो साहित्यकार पाउनै गाह्रो छ, उहाँको बारेका व्यापक अध्ययन हुन आवश्यक छ । उहाँले छोडेर जानु भएको प्रजातान्त्रिक पद्धति र समाजवादलगायतका धेरै कुराहरूलाई अध्ययन गरेर भोलिका दिनमा कांग्रेसलाई बीपीको विचारको आधारमा अगाडि बढाउनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्