काठमाडौँ, २७ भदौ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ ।
कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत ह्विप जारी गरिएको छ । उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो । कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।
प्रतिक्रिया दिनुहोस्