समाचार

देशभर आठ हजार बढीमा डेंगी संक्रमण पुष्टि



काठमाडौँ, २७ भदौ । यो सेप्टेम्बरका नौ दिनमा (१ देखि ९ सम्म) देशभर १३ सयभन्दा बढी डेंगी संक्रमित थपिएका छन् ।

पछिल्ला नौ दिनमा एक हजार ३१३ जनामा डेंगी पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

योसँगै यो वर्ष (सन् २०२४ सेप्टेम्बर ९ सम्म) देशभर डेंगी संक्रमितको संख्या आठ हजार १५९ पुगेको छ । सबैभन्दा धेरै तनहुँमा एक हजार ३०६ जना संक्रमित भएका छन् । कास्कीमा एक हजार ४०, स्याङ्जामा ७४९, काठमाडौंमा ६८७ र चितवनमा ५८९ जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५०० भन्दा कम छ । यो वर्ष डेंगी संक्रमणबाट पाँचजनाको मृत्यु भइसकेको छ ।