काठमाडौँ, २७ भदौ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा हुनेगरी काम गर्न निर्देशन दिएका छन् ।
आज भन्सार विभागको कार्यक्रममा बोल्दै उनले राजश्वको लक्ष्य पूरा गर्ने मात्र नभइ अझ बढी उठाउने कुरालाई मध्यनजर राखेर काम गर्न भन्सार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिए । अर्थमन्त्री पौडेलले राजश्व परिचालनमा कुनैपनि सम्झौता नहुने उल्लेख गरे ।
उनले गत वर्षको तुलनामा यति प्रगति गरियो भनेर चित्त बुझाएर नबस्न पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले अर्थतन्त्र अहिले पनि दबाबमा रहेको उल्लेख गर्दै राजश्व परिचालनका दृष्टिकोणले धेरै चुनौति रहेको बताए ।
उनले कयौँ अनिवार्य दायित्व भुक्तानी गर्न बाँकी रहेको भन्दै राजश्व परिचालनमा प्रभावकारी हुन नसके राम्रोसँग अर्थतन्त्रलाई अघि बढाउन नसकिने बताए ।
प्रतिक्रिया दिनुहोस्