राजनीति

रविले सहकारीबाट करिब ९५ करोड ठगेका छन्‚ प्रमाण छ : मुकुल ढकाल



काठमाडौँ, ३० भदौ । डा. मुकुल ढकालले रवि लामिछानेले विभिन्न सहकारीबाट करिब ९५ करोड रुपैयाँ ठगेको र त्यसको प्रमाण आफूसँग सुरक्षित रहेको दाबी गरेका छन् । 

आज सामाजिक सञ्जालमा लेख्दै उनले नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको र सबैले त्यसमा विश्वास गरेको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनी रजिस्ट्रारको कार्यालयमा उनले आफूले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ‚’ ‘त्यस्तै विभिन्न सहकारीबाट सोही बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।’