समाचार

बलात्कार मुद्दाका अभियुक्त १० वर्षपछि पक्राउ



काठमाडौँ, ३१ भदौ । डोटीमा जबर्जस्तीकरणी मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका दिपायल सिलगढी नगरपालिका-७ उडीतोला बस्ने ४७ वर्षीय रामबहादुर खड्कालाई १० वर्षपछि आइतबार पक्राउ गरिएको हो । खड्कालाई जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद सजाय सुनाइएको थियो ।

३० साउन २०७२ देखि फरार रहेका खड्कालाई दिपायल सिलगढी नगरपालिका-७ सिलगढी-साफे सडकखण्डमा शंकास्पद रुपमा हिंडिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत डोटीमा राखीएको छ ।