समाचार

देशभर ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण पुष्टि



काठमाडौँ, ३१ भदौ । देशभर ९ हजार ४८६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएका भएको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्लाबाहेक ७६ जिल्लामा डेंगु फैलिएको छ । डेंगु पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ । यो तथ्याङ्क माघ दोस्रो सातायताको हो । 

यस्तै, गण्डकी प्रदेशमा सबैभन्दा बढी ४ हजार ५३९ जना सङ्क्रमित छन् भने सबैभन्दा कम कोशीका १ हजार २७ जनामा डेंगु देखिएको हो । डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ ।