समाचार

६ जना जुवाडे पक्राउ



काठमाडौँ, ३१ भदौ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट प्रहरीले ६ जना जुवाडेहरूलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएर माकलबारी बस्ने ३० वर्षीय विनोद तामाङसहित ६ जना छन् । घटनास्थलबाट प्रहरीले ६२ हजार ४ सय नगद र  ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।