समाचार

हत्याको आरोपमा एकजना पक्राउ



काठमाडौँ, २ असोज । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ भने हत्याको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडानम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले सोही ठाउँकी ३९ वर्षीया मीना थारु हत्या गरेका हुन् ।

उनले मीनाको घरमै गएर टाउको र घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । उपचारका लागि बारबर्दिया नगर अस्पताल जयनगर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

हत्यापछि फरार भएका शिवप्रसाद थारुलाई प्रहरीले बारबर्दिया नगरपालिका वडानम्बर ५ को सिटीबरेली क्षेत्रबाट पक्राउ गरेको छ । हत्याको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।