अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५६ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला १८ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।