समाचार

९ लाख २१ हजार बराबरको धनमाल चोरी



काठमाडौँ, ३ असोज । काठमाडौँ महानगरपालिका–१ स्थित हिमाल हस्पिटल नजिकैबाट ९ लाख २१ हजार बराबरको धनमाल चोरी भएको छ ।

आनन्द भैरव मार्ग स्थित सुरेश परियारको डेराबाट धनमाल चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय परियारको डेरामा केही नभएको मौकामा चोरले ताला फोडेर सुन र नगद लगेको हो । चोरीमा संलग्नहरूलाई प्रहरीले खोजिरहेको छ ।