राजनीति

राष्ट्रपतिसमक्ष दुई आयोगको वार्षिक प्रतिवेदन पेश



काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदन पेश गरे । 

यस्तै राष्ट्रपतिसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले पनि आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।