समाचार

चट्याङ लागेर एकजनाको मृत्यु



काठमाडौँ, ५ असोज । बागलुङको निसीखोला गाउँपालिका–३ किटनीकी २४ वर्षीया रजना बुढाको गएराति चट्याङ लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका आफ्नै घरभित्र बसिरहेको अवस्थामा चट्याङ पर्दा उनको मृत्यु भएको हो ।  

चट्याङ परेको खबर पाएलगत्तै प्रहरी वरिष्ठ हवल्दार केशव बुढाथोकीको कमाण्डमा दुई जना प्रहरी टोली घटनास्थलमा गएर उद्धार गरेको हो ।

थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरी निरीक्षक आनन्द बस्नेतको कमाण्डमा सात जनाको प्रहरी टोली खटिएको छ । बुढाको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ ।