समाचार

सातजना जुवाडे पक्राउ



काठमाडौँ, ६ असोज । काठमाडौँको दक्षिणकाली नगरपालिका–३, पिखेलमा जुवातास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय जनक केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दक्षिणकाली–३ का ५१ वर्षीय दीपककुमार केसीसहितका व्यक्तिहरू छन् ।

शनिबार (हिजो) दिउँसो उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । नगद ६० हजार ९५० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।