Banner News

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ



काठमाडौँ, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले विद्युतीय कारोबार ऐनानुसारको कसुरमा आइतबार उनलाई पक्राउ गरेको हो ।

प्रसाईंलाई भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ । गएको बुधबार प्रसाईंसहित जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो ।

प्रसाईंविरुद्ध एक महिलाले ब्युरोमा उजुरी दिएकी थिइन् ।