समाचार

हिरासतबाट ८ जना थुनुवा फरार



काठमाडौँ, ७ असोज । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।

आइतबार राति भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएको प्रहरी स्रोतले जनाएको छ । हिरासतबाट ९ जना फरार भएकोमा एक जनालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

फरार हुनेमा लागुऔषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया र अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेका छन् ।

फरार भएकाहरूको खोजीका लागि रातिदेखि नै प्रहरी विभिन्न ठाउँमा सर्च अभियान चलाएको छ । सीमा क्षेत्रमा समेत निगरानी बढाइएको छ ।