राजनीति

स्वास्थ्य मन्त्रालयद्वारा कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन 



काठमाडौँ, ८ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका कर्मचारीलाई कार्यालय समयमा टीएमएस नचलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले मातहतका सबै निकायका निम्ति मंगलबार सूचना जारी गर्दै कार्यालय समयमा टीएमएस ट्रेड म्यानेज्मेन्ट सिष्टम (टीएमएस) प्रयोग नगर्न भनेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रअनुसार सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । कार्यालय समयमा प्रयोग गरे नगरेकोबारे प्रविधिमार्फत् चेकजाँच गर्न पनि मन्त्रालयको आदेश छ । 

मन्त्रालयले फेसबुक, म्यासेन्जर, एक्स लगायतका सामाजिक सञ्जाल भने कार्यालय प्रयोजनका निम्ति प्रयोग गर्न भनेको छ । यस्ता सञ्जालमा शिष्ट भाषा प्रयोग गर्न र नागरिकको सूचनाको हक, गुनासो आदि शीघ्र सम्बोधन हुने व्यवस्था गर्न निर्देशन दिएको छ ।