Uncategorized

आज जितिया पर्व मनाइँदै



काठमाडौँ, ९ असोज । तराई–मधेसमा आज जितिया पर्व मनाइँदैछ ।

तराई–मधेसका आमाहरुले निर्जल/निराहार उपवास बसी आफ्ना सन्तानको सुख, शान्ति, दीर्घायु एवम् प्रगतिको कामना गर्छन् ।

यो पर्वका बर्तालु आमाले विशेषगरी आफ्ना सन्तानको कल्याणको कामनासहित उपवास गर्ने तेली कल्याण समाज नेपाल मोरङका अध्यक्ष डा.बालकृष्ण शाह बताउनुहुन्छ ।

आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथि गरी तीन दिनसम्म श्रद्धापूर्वक मनाउने परम्परा छ । पर्वअन्तर्गत यस वर्ष हिजो बिहान ४ बजेदेखि शुरु भएको ३६ घण्टासम्मको निर्जल र निराहार उपवास आज बेलुका ५ बजे समापन गरिँदैछ ।