अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ६० हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेर प्रतितोला १९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।