काठमाडौँ, ९ असोज । नेपाल निर्माण व्यवसायी महासंघले भुक्तानीको माग गर्दै कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापन पत्र बुझाएका छन् ।
शहरी विकास मन्त्री समेत रहेका सिंहलाई आज भेटेर निर्माण व्यवसायीहरुले भुक्तानी माग गरेका हुन् । महासंघका अध्यक्ष रवि सिंहका अनुसार राज्यबाट निर्माण व्यवसायीलाई भुक्तानी गर्ने दायित्व करिब ४५ अर्ब रुपैयाँ छ ।
निर्माण व्यवसायीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना, संघीयबाट प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण भएको आयोजना, स्थानीय अस्पताल लगायतका आयोजनाको भुक्तानी नपाएको बताउँदै आएका छन् ।
काम गरेअनुसारको रकम नपाउँदा निर्माण आपूर्ति चक्र नै अस्तव्यस्त भएको र निर्माण सम्बन्धी उद्योगहरु नै बन्द हुने अवस्था भएको व्यवसायीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस्