समाचार

घान्द्रुक जाने सडक दुई महिनापछि खुल्यो



काठमाडौँ, ९ असोज । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबीसी)को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेकोे छ ।

नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१०, किलुमा गत असार २० गते पहिरोले अवरुद्ध भएको थियो ।  सो सडक मंगलबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख सोभियत खड्काले जानकारी दिए ।  

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयवासी समस्यामा परेका थिए ।  सडक नखुल्दा गाउँमा पर्यटकीय गतिविधि पनि प्रभावित भएको र पोखराबाट घान्द्रुकसम्मको सिधा यातायात सम्पर्क टुटेको थियो । गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालय कास्कीको आर्थिक सहयोगमा सडक मर्मत गरिएको हो । पूर्वाधार विकास कार्यालयको २५ लाख र दुई लाख २५ हजार स्थानीय जनश्रमदानबाट गरी २७ लाख २५ हजार लगानीमा सडक मर्मत गरिएको कार्यालयका प्रमुख खड्काले बताए ।