मनोरञ्जन

लण्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै ‘शाम्बाला’



काठमाडौँ, ११ असोज । नेपाली फिल्म ‘शाम्बाला’ लण्डन फिल्म फेस्टिभलको ६८ औं संस्करणमा प्रिमियर हुने भएको छ । बेलायतको यो प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने ‘शाम्बाला’ पहिलो नेपाली फिल्म समेत हुनेछ ।

असोज २९ र ३० गते (१५ र १६ अक्टोबर)मा यो फिल्मको स्क्रिनिङ हुन लागेको फेस्टिभलले जनाएको छ । जसमध्ये ३० गते बुधबारको शोका सबै टिकट बिक्री भइसकेका छन् ।

फेस्टिभलको यस वर्षको संस्करण अक्टोबर ९ देखि २० सम्म हुनेछ । यसबाहेक ‘शाम्बाला’ले बर्लिनको यस वर्षको संस्करणमा ३० वर्षपछि मुख्य विधामा छनोट हुने दक्षिण एसियाली फिल्मको रेकर्ड राखेको थियो । यसबाहेक यो फिल्म स्वीट्जरल्याण्डको लोकार्नो फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भएको थियो ।