समाचार

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



काठमाडौँ, १३ असोज । हात्तीको आक्रमणमा परी कञ्चनपुरको लालझाडी गाउँपालिका–४, डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा  आएका हात्तीले उनलाई आक्रमण गरेका हुन् । रानाको घटनास्थलमा नै मृत्यु भएको हो । उनी हात्ती धपाउन गएका बेला हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।