राजनीति

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो



काठमाडौँ, १३ असोज । नागढुंगा सुरुङमार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिइएको छ ।

सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।

काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाई प्रवेश दिइएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट प्रवेश गर्न दिइएको छ ।