समाचार

काभ्रेबाट १५८ जनाको हेलिकप्टरमार्फत उद्दार



काठमाडौँ, १३ असोज । काभ्रे जिल्लाका विभिन्न ठाउँहरुबाट आइतबार १५८ जनाको हेलिकप्टरमार्फत उद्दार भएको छ ।

वर्षासँगै आएको बाढी पहिरोका कारण सडक अवरुद्ध भएपछि अलपत्र परेका यात्रुहरुमध्ये १५८ जनालाई आइतबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गरिएको हो ।

बिरामी, वृद्ध, अपांगता भएकाहरु, बालबच्चा र सुत्केरी महिलाहरुलाई प्राथमिकतामा राखेर आइतबार उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी एसपी बसुन्धरा खड्काले बताइन् । अझै ठूलो संख्यामा यात्रुहरु राजमार्ग आसपासमा उद्दारको पर्खाइमा रहेको उनले बताइन् ।

करिब वीपी राजमार्गमा करिब एक हजार यात्रुहरु अलपत्र परेको प्रहरीको आंकलन छ । ठाउँ ठाउँमा पहिरोका कारण प्रहरी–प्रहरी बीचमै सम्बन्ध समेत टुटेकाले यसको यकिन विवरण समेत प्राप्त हुन नसकेको उनले बताइन् ।