समाचार

१६३ विदेशी पर्यटकको उद्धार



काठमाडौँ, १६ असोज । बाढीपहिरोका कारण अलपत्र १६३ विदेशी पर्यटकको उद्धार गरिएको छ । 

नेपाल पर्यटन बोर्ड अन्तर्गतको क्राइसिस सेलले नेपालस्थित विदशी दूतावास, कन्सुलेट अफिस, ट्राभल तथा ट्रेकिङ एजेन्सीलगायत नेपाली सुरक्षा निकायसँग समन्वय गरी पर्यटकको उद्धार गरेको हो ।

पर्यटक प्रहरी र सेलको हटलाइनमार्फत २४सै घण्टा पर्यटकका लागि सेवा दिन सुरु गरिएको जनाइएको छ । सेलले वेबसाइटमार्फत पर्यटकका लागि हवाई सेवा र मौसमसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ । 

यसै क्रममा बाढी पहिरोमा हराएका भनिएका सिंगापुरका पर्यटक याप सी मिन र किङ यी केन्टलाई सुरक्षित अवस्थामा फेला पारिएको पर्यटन मन्त्रालयले जनाएको छ । यस्तै, रामेछापाबाट एक नेपाली र एक भारतीय पर्यटकको पनि उद्धार गरेको छ ।