काठमाडौँ, १७ असोज । सन् २०२४ जनवरीयता देशभर डेंगी संक्रमितको संख्या १५ हजारनजिक पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।
महाशाखाका अनुसार जनवरीदेखि सेप्टेम्बर अन्तिमसम्म १४ हजार ९७५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा डेंगीबाट सातजनाको मृृत्यु भएको छ । सेप्टेम्बरका ३० दिनमा मात्र आठ हजार ८९ संक्रमित थपिएका (ईडीसीडी)ले जनाएको छ ।
काठमाडौँ पनि डेंगीको ‘हटस्पट’ बनेको छ । काठमाडौंमा सेप्टेम्बरमा मात्र एक हजार ४३७ जना संक्रमित भएका छन् ।
हालसम्म सबैभन्दा धेरै कास्कीमा दुई हजार ३२१ जना संक्रमित भएका छन् । काठमाडौँमा एक हजार ९८६ जना संक्रमित भएका छन् । भक्तपुरमा २२३ र ललितपुरमा ४८९ जना संक्रमित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्