राजनीति

पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन : महासचिव पोखरेल



काठमाडौँ, १८ असोज । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ज्ञान र सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नभएको बताएका छन् । 

महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिका भ्रमणका क्रममा अङ्ग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैँडाज्’ शब्द प्रयोग गरेको सन्दर्भमा सामाजिक सञ्जालमा प्रधानमन्त्रीलाई ती शब्दको अङ्ग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको भन्दै पश्चिममाकरणको मान्यता मात्र ठिक भन्न नहुने बताएका हुन् । 

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्,  ‘तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अङ्ग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरूलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैँडालाई अङ्ग्रेजीमा समेत नेपाली नामवाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो’, ‘उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षकमा बुझ्नु पर्दछ । यद्यपि उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । ’