राजनीति

राष्ट्रपति पौडेल र राष्ट्रियसभाका अध्यक्ष दाहालबीच भेटवार्ता



काठमाडौँ, १८ असोज । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालबीच भेटवार्ता भएको छ ।

आज राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा अध्यक्ष दाहालले अन्तरव्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका थिए ।  

अध्यक्ष दाहाल स्वीटजरल्याण्डमा हुने अन्तरव्यवस्थापिका संघको सम्मेलनमा सहभागी हुनका लागि नेपाली प्रतिनिधिमण्डलमा नेतृत्व गर्दै यही असोज २५ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।