समाचार

किशोरीमाथि करणी गरेको आरोपमा २ युवा पक्राउ



काठमाडौँ, १८ असोज । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो ।

जबरजस्तीकरणी गरेको उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरेको हो । किशोरीमाथि किशोरले भदौ  तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेको आरोप छ भने दर्लामीमगरले पनि भदौ चौथो हप्ता छिमेकीको घरमा बोलाएर करणी गरेको आरोप लागेको छ ।

दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।