काठमाडौँ, २२ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले फोहोरमैला व्यवस्थापन गर्ने व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणका लागि पुग्दो बजेट माग गर्दै सिंहदरबारस्थित खानेपानी मन्त्रालयलाई पत्र लेखेका छन् ।
बोलीचालीकै भाषामा उनले पत्रमा लेखेका छन्, ‘धरानको फोहोरमैला व्यवस्थापनका लागि व्यवस्थित सेनेटरी ल्याण्डफिल्ड साइट बनाउन अत्यावश्यक भएकोले योजनाको लागि पुग्दो पैसा हाल्दिनु पर्यो ।’
मेयर राईका अनुसार धरानको फोहोर जंगलमा फ्याँक्नुपर्ने बाध्यता छ । त्यसैले फोहोर बिसर्जन व्यवस्थित भएन भनेर फोटो खिच्ने र राजनीति गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्