राजनीति

उपनिर्वाचनको लागि एमालेद्वारा उम्मेदवार सिफारिश गर्न समयसीमा निर्धारण



नेकपा एमालेले मंसिर १६ गते हुने लागेको उपनिर्वाचनका लागि कात्तिक २२ गतेसम्म उम्मेदवार सिफारिश गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा आलीको अध्यक्षतामा बिहीवार बसेको केन्द्रीय सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारी अनुसार मंसिर १६ को स्थानीय तह उपचुनावका लागि सम्भावित उम्मेदवारसहित कात्तिक २२ सम्म तल्ला कमिटीहरूले आवश्यक निर्णय गरेर केन्द्रीय कार्यालयमा पठाइसक्न निर्देशन दिइएको हो ।