काठमाडौँ, २५ असोज । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल शनिबार बिहान २ बजेर १५ मिनेटमा स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका छन् ।
अन्तर-व्यवस्थापिका संघको १४९ औँ महासभामा सहभागी हुन उनी स्वीट्जरल्याण्ड जान लागेका हुन् । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारी अनुसार ९ (नौ) सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल स्वीट्जरल्याण्ड प्रस्थान गर्ने भएका हुन् ।
गिरीले दिएको जानकरी अनुसार असोज २७ देखि कार्तिक १ गतेसम्म कार्यक्रम अन्तर-व्यवस्थापिका संघको प्रधान कार्यालय रहेको स्वीट्जरल्याण्डको जेनेभामा सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस्