समाचार

नहरमा मूर्ति सेलाउने क्रममा एक जना बेपता



वीरगन्ज, २६ असोज । पर्सा डोकैला बहुअरीस्थित नहरमा मूर्ति सेलाउने क्रममा करिब १८ वर्षीय एक किशोर बेपता भएका छन् ।

शनिबार मध्यान्ह बलिराम गाउँ नजिकैको नहरमा ती किशोर बेपत्ता भएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताएका हुन् । उनका अनुसार नहरमा बेपत्ता भएको किशोरको पहिचान खुल्न सकेको छैन । बेपत्ता किशोरको सुरक्षाकर्मीसहितको दक्ष टोलीले खोजी कार्य गरिरहेको पर्सा प्रहरीले जनाएको छ ।