राजनीति

रास्वपाको अनुशासन आयोगका उपप्रमुख यज्ञमणिद्वारा राजीनामा



काठमाडौँ, १ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

रास्वपा स्रोतका अनुसार न्यौपानेले पदबाट राजीनामा दिएको हो । अनुशासन आयोगको उपप्रमुखबाट राजीनामा पार्टीमा बुझाएको हो । पार्टीबाट नै राजीनामा चाहिं दिएको होइन ।

न्यौपाने राजीनामा दशैं अगाडि नै बुझाएको र स्वीकृत भएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

पार्टीको सक्रिय राजनीति गर्नका लागि न्यौपानेले अनुशासन आयोगबाट राजीनामा दिएको बुर्लाकोटीले दाबी गरे ।

कानुन व्यवसायी न्यौपानले अनुशासन आयोगमा करिब दुई वर्ष काम गरेका छन् । अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटा अमेरिका भ्रमण तथा तत्कालीन गृहमन्त्री रवि लामिछानेको सचिवालयमा कार्यरत हुँदा देवकोटाले कार्यवाहक प्रमुख भएर काम गरेका थिए ।