राजनीति

प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक



काठमाडौँ, २ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । 

बैठक  संसद् भवनको लोस्से हलमा अहिले ९ बजेपछि सुरु हुनेछ ।  बैठकमा प्रतिपक्षमा रहेका सम्पूर्ण दलका शीर्ष नेतालाई बोलाइएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । पछिल्लो विकसित राजनीतिक घटनाक्रम र आगामी दिनमा चाल्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको बताइएको छ ।