शैक्षिक

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक



काठमाडौँ, ४ कार्तिक । कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

भदौ २५ र २६ गते सञ्चालन भएको ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको हो ।

ग्रेड वृद्धिका लागि १ लाख २२ हजार १७१ जना विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ८६ हजार २४६ जना विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेको बोर्डको सूचनामा उल्लेख भएको छ ।