काठमाडौँ, ६ कार्तिक । प्रतिपक्षी दलले संसद् छलेर राजनीतिक दलसम्बन्धी अध्यादेश नल्याउन सरकारलाई चेतावनी दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार बालुवाटारमा ज्ञापनपत्र बुझाउँदै प्रतिपक्षी दलहरूले अन्य दल फुटाउन अध्यादेश ल्याउने तयारी भएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेका हुन् । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र आम जनता पार्टीले सत्ता गठबन्धन दल कांग्रेस–एमालेले ‘दुई दलीय तानाशाही लाद्न, अन्य दललाई विभाजन गर्ने गरी’ अध्यादेश ल्याउन लागेको आरोप लगाएका छन् ।
यी दलले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘राज्यसामु आएका जल्दाबल्दा समस्यालाई सम्बोधन गर्न प्रतिपक्षी दलहरूसमेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन, दुई दलीय तानाशाही लाद्न तथा अन्य दललाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस् ।’
प्रतिक्रिया दिनुहोस्