समाचार

विमानस्थलभित्र जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै



काठमाडौँ, ६ कार्तिक । भारत नयाँदिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला फैलिएको छ ।

विमानस्थल स्रोतका अनुसार भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको छ । जहाजमा बम राखेको फोन दिल्लीबाटै आएको छ ।

बम राखेको खबर पाइएपछि नेपाली सेनाको कमान्डमा सुरक्षा निकायले जहाजको खानतलासी सुरु गरेको छ । पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ ।

बमको हल्ला आएको र अहिले सुरक्षा टोली विमानस्थलमा पुगेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।