राजनीति

सहकारी ठगीमा दुईचार जना जेल पर्ने भए भनेर रुवावासी नगराैँ : महामन्त्री शर्मा



काठमाडौँ, ७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दलहरूका दुईचार जना मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगर्न आग्रह गरेका छन् ।

आज सामाजिक सञ्जाल एक्समार्फत रास्वपाले गरिरहेको सडक प्रदर्शनतर्फ लक्षित गर्दै उनले रुवावासी बन्द गर्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘कांग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवावासी नगरौँ । अनुसन्धानलाई सघाऔँ, अदालतको फैसला कुरौँ । सडक विलापको जग हँसाई नगरौँ’, । 

दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता, आजको राष्ट्रिय आवश्यकता भएको उनले उल्लेख गरेका छन् । पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन गरेको अभियोगमा शुक्रबार प्रहरीले पक्राउ गरेको थियो ।